पुर्व पिएलए सहित प्रचण्ड सर्वोच्च अदालतमा (जवाफको पूर्णपाठ)

Prachanda chitwan

Prachanda chitwan

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना गर्ने तथा अदालतलाई प्रभावित गर्ने आफ्नो कुनै मनसाय नभएको भनी सर्वोच्च अदालतसमक्ष जवाफ पेस गरेका छन्।

प्रचण्डले माघ १६ गते विराटनगरमा गरेको विरोध सभामा भाषण गर्दा अदालतको अवहेलना गरेको भनी सर्वोच्चमा परेको रिटमाथि जवाफ पेस गर्दै उनले सो जिकिर गरेका हुन्।

उनले अदालतमा परेका मुद्दामा संविधानका धारा र प्रावधान हेरेर व्याख्या तथा फैसला गर्ने भएको हुँदा नेताहरुले गर्ने भाषण, जुलुस तथा प्रदर्शनबाट अदालत प्रभावित नहुने आफ्नो विश्वास रहेको समेत बताएका छन्।

आज आइतबार सर्वोच्च अदालत पुगी बुझाएको लिखित जवाफमा उनले सो धारणा व्यक्त गरेका हुन्। प्रचण्ड आफ्नो सुरक्षामा खटिएका पुर्व जनमुक्ति सेना लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

प्रचण्डले अदालतमा बुझाएको लिखित जवाफको पूर्ण पाठ:

Kantipath Media

यो छुट्टाउनु भो कि..