लकडाउनको मौका छोपेर काठ तस्कर गर्ने नेपाली कांग्रेसका संयोजक पक्राउ

कञ्चनपुर । कञ्चनपुरको वेतकोट नगरपालिको- १०मा रहेको वेतकोट मध्यवर्ति क्षेत्रमा रुख काटिरहेको अवस्थामा ४ जना काठ तस्कर पक्राउ परेका छन ।

बुधबार राति देशभर लकडाउनको मौका छोपेर मध्यवति वन क्षेत्रमा रुख काटेको अवस्था नेपाली कांग्रेस पार्टी तरुण दलका क्षेत्रिय संयोजक वेतकोट नगरपालिका १० का तस्कर नाईके चन्द्र कान्त भट्ट,करन पन्त , बहादुर डगौरा ,हर्क नेपाली पक्राउ परेका हुन।

रुख काटेको विशेष सूचनाका आधारमा शुक्लाफाटा निकुन्जको र्अजुनी पोष्ट बाट गएको टालीले उनीहरुलाई पक्राउ गरेको हो।

अहिले पक्राउ परेका ४ जनालाई शुक्लाफाटा निकुन्ज कार्यालयमा राखिएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..