चन्द्रागिरि नगरस्तरीय आइसोलेशन सेन्टरहरू सञ्चालन

रोसन दानी / काठमाडौं । चन्द्रागिरि नगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा अक्सिजन सहितका आइसोलेशन सेन्टरहरू सञ्चालन आएको छ ।

मेडिकल अफिसर सहितको स्वास्थ्यकर्मीको टिम राखेर नगर(स्तरिय आइसोलेशन सेन्टरहरू सञचालनमा ल्याइएको चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले बताए ।

नगरप्रमुख गिरीले विशिष्ट चिकित्सक, स्वास्थ्यकर्मी लगायतको समूहले आइसोलेशनमा २४ घण्टा सेवा प्रदान गर्ने र विरामीको अवस्था हेरी आवश्यक परेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगायत उपत्यकाको अन्य अस्पतालहशरमा थप उपचारका लागि समन्वय गरिने उनको भनाई छ ।

नगरपालिकामा कोरोना संक्रमितको संख्य बढेसँगै आइसोलेशन सेन्टर सञ्चालन गरेका हो । नगरपालिकाले नगर स्तरिय आइसोलेसन वडा नम्बर ८ मातातिर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० वेडको अक्सिजन सहित सेवा प्रवाह गरिएको र आवश्यकता अनुसार थप गरि १०० वेड क्षेमता सहित सञ्चालन गरिने व्यवस्था मिलाईएको मेयर गिरीले बताए ।

चन्द्रागिरि वडा नम्बर ४ थानकोट प्राथमिक अस्पतालमा रहेको साविक कोभिड व्यवस्थापन चन्द्रागिरि वडा नम्बर ३ को नवनिर्मित भवनमा ३० वेडको समुदायमा आधारित आइसोलेसन सन्देश स्थानान्तरण गरि आईतवार देखि सञ्चालनमा आएको हो ।

उक्त आईसोलेसन सेन्टरको सञ्चालनका लागि विभिन्न संघ संस्था तथा व्यक्तिगत साथ सहयोगमा सञ्चालन गरिएको छ ।

चन्द्रागिरि १२ मा समुदायमा आधारित नहुदा अस्पतालमा १५ बेडको आइसोलेसन सेन्टरको व्यवस्थापनको अन्तिम चरणमा रहेको चन्द्रागिरि १२ का वडा अध्यक्ष प्रकास श्रेष्ठले बताए ।

मातातिर्थमा अस्पतालमा मेडिकल अफिसर, हेल्थ असिन्टेन्ट, स्टाफ नर्स र अहेब एक–एक जना व्यवस्थापन गरिएको छ ।

कोरोना संक्रमितको सहज उपचारका लागि सञ्चालनमा आएको केन्द्रले जेठ १ गतेबाट उपचार पनि थालेको छ ।

हाल ९८६ सक्रिय संक्रमित रहेको नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांकले जनाएको छ ।

चन्द्रागिरिमा बैशाख १ गते सम्म नगरपालिकाको स्वास्थ शाखाबाट जारी सुचना अनुसार कुल ३ हजार ३ सय ७५ कुल संक्रमित संख्यामा निको हुनेको सख्या २ हजार ३ सय ५१ जना र मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ ।

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..