चट्याङ लागेर एक घाइते, एक घर जल्यो

ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ ।

त्यस्तै दिउँसो ३ः१५ बजेको समयमा परेको चट्याङले चम्पादेवी गाउँपालिका–९ ओख्रेनीका खड्गबहादुर कार्कीको घर जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेका धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जल्दा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले बताउनुभयो ।

दिउँसो ३ः१५ देखि शुरु भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा बेलुका ५ बजेमात्र नियन्त्रणमा आएको थियो । यस वर्ष जिल्लाको लिखु र चम्पादेवी क्षेत्रमा चट्याङका कारण ठूलो जनधनको क्षति भइरहेको छ ।

नेपालमा सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति
जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यही वैशाख २६ मा सम्पन्न सरोकार भएकाको बैठकले नेपालमा सहयोग गर्न गैह्रआवासीय नेपाली सङ्घ (एनआएरएन) को सहभागितामा उक्त समिति गठन गरेको हो । समितिको संयोजकमा भवन भट्ट, उपसंयोजकमा महेश श्रेष्ठ (कोषाध्यक्ष, एनआरएनए–आइसिसी), सदस्यमा गोविन्द श्रेष्ठ रोविन्द (एशिया प्यासिफिक संयोजक), पारसमणि पोख्रेल (एशिया प्यासिफिक उपसंयोजक) र देवीलाल भण्डारी (अध्यक्ष, एनआरएनए, जापान ) र एनआरएनए जापानका महासचिव सदस्यसचिवमा चयन हुनुभएको छ । समितिका अन्य सदस्यमा जापानस्थित एनआरएनए आइसिसीका निवर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्य, एनसिसी जापानका पूर्वाध्यक्ष, नेपाल पत्रकार महासङ्घको शाखा, यहाँस्थित विभिन्न राजनैतिक दलका भातृ संस्थाका प्रमुख र संघ संस्था प्रमुखहरु सदस्य रहनेछन् ।

समितिले जापानवासी सम्पूर्ण नेपालीलाई सक्दो सहयोग गरी नेपाललाई सहयोग पठाउने अभियानमा सहयोगी बन्न आव्हान गरेको छ । संयोजक भट्टले आफÞना तर्फÞबाट यस अभियानमा १० लाख जापनी येन सहयोग गर्ने घोषणा गर्नुभयो । एनआरएनए, जापानले तीन लाख येन, एनबिए जापानले एक लाख, मोना जापानले ५० हजार येन र दोलखा समाज, जापानले ५० हजÞार येन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

ढिस्कोले पुरिएर बालकको ज्यान गयो
ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ । बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो ।

फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए । ढुङ्गा निकाल्दै गरेको भागमा माथिबाट अचानक झरेको ढिस्कोले पुरिएर फुर्वाको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पत्रकार र प्रहरीलाई स्वास्थ्य सामग्री
दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणदर तीव्रगतिमा फैलिरहेको बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी र पत्रकारका लागि अनेरास्ववियू काभ्रेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार अनेरास्ववियू काभ्रेले नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई सो सामग्री हस्तान्तरण गरेको हो ।

सो क्रममा अनेरास्ववियूले ७५० थान मास्क, ६० मिलिलिटरको १०० थान स्यानिटाइजर, ३० थान फेससिल्ड, १० थान बाफ लिने मेसिन हस्तान्तरण गरेको छ । नेकपा (एमाले) माधव नेपाल समूह काभ्रेका जिल्ला सचिव दीपक गौतम, युवासङ्घका केन्द्रीय सचिव भेषराज शाह, अनेरास्ववियू काभ्रेका अध्यक्ष वदन भण्डारी, उपाध्यक्ष मन्दिरा तिमल्सिनालगायतले महासङ्घ कार्यालयमै पुगेर अध्यक्ष बद्रीराज तिमल्सिनालाई सामग्री हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष तिमल्सिनाले सङ्कटका बेला पत्रकारको सहयोगका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएर विपद्का बेलामा ठूलो सहयोग पु¥याएको बताउनुभयो ।

त्यस्तै अनेरास्ववियूले सोमबार नै जिल्ला प्रहरी कार्यालयमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सो टोलीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका लागि ७५० थान मास्क, ६० मिलिलिटरको २०० थान स्यानिटाइजर, २०० थान फेससिल्ड, १० थान बाफ लिने मेसिन हस्तान्तरण गरेको छ । संस्थागतरूपमा जिल्लाका सबै नगरपालिका, गाउँपालिका र आइसोलेशन केन्द्रमा स्वास्थ्य सामग्री वितरण गरिने नेकपा एमाले काभ्रेका जिल्ला सचिव गौतमले बताउनुभयो ।

महासङ्घद्वारा ‘आपतकालीन राहत कोष’ स्थापना

कोरोना कहरकै बीचमा पनि अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारको सहयोगका लागि कोरोना भाइरसको प्रभावले पर्ने कुनै पनि असहज परिस्थितिमा पत्रकारलाई राहत उपलब्ध गराउने उद्देश्यले नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले रु पाँच लाखको ‘आपतकालीन राहत कोष’ स्थापना गरेको छ । पत्रकार महासङ्घका अध्यक्ष तिमल्सिनाले राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखामा खाता खोलेर आफ्नो तर्फबाट सोमबार रु १० हजार रकम जम्मा गरी सो कोष स्थापनाको घोषणा गर्नुभएको हो ।

समाचार सङ्कलनका क्रममा अग्रपङ्क्तिमा खटिने धेरैजसो सञ्चारकर्मीको तलब, सेवा सुविधालगायत बीमा, बोनस, सञ्चयकोष केही पनि नहुने र पाएको जागिरको तलबसमेत भन्ने बेलामा उपलब्ध नभएको वास्तविकतालाई ध्यानमा राखेर गाह्रो र अप्ठ्यारो पर्दा मद्दत गर्ने उद्देश्यले सो कोषबाट सहयोग गर्ने गरी कोष स्थापना गरेको महासङ्घले जनाएको छ । कोरोनाकै कारण कुनै पनि असहज परिस्थितिमा पत्रकारलाई थोरै भए पनि राहतको महसुस गराउन सकियोस् भन्ने उद्देश्यले नेपाल पत्रकार महासङ्घ काभ्रेले रु पाँच लाखको आपतकालीन राहतकोष स्थापनाको कार्य अगाडि बढाएको अध्यक्ष तिमल्सिनाले बताउनुभयो । स्थापना गरिएको कोषबाट परिस्थितिजन्य अवस्थालाई मध्यनजर गरी पत्रकारहरुका लागि कार्यविधि बनाएर सहयोग गरिने उहाँले बताउनुभयो । कोषमा रकम जम्मा गर्ने गराउने तथा सहजीकरण गरिदिन महासङ्घले सबैमा आग्रहसमेत गरेको छ । त्यसका लागि महासङ्घले राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखाको खाता नं १०४०१००००७२०२००१ मा जम्मा गरी सहयोग गर्न महासङ्घले अनुरोध गरेको छ ।

पत्रकार महासङ्घले आह्वान गरेको सहयोगका लागि सोमबार नै माधव नेपाल पक्षका नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू काभ्रेले नगद रु १५ हजार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई हस्तान्तरण गरेको छ । त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित प्रभातफेरी साप्ताहिकको प्रधानसम्पादक प्रल्हाद शर्मा हुमागाईँले रु पाँच हजार र पत्रकार कविता शर्माले रु १० हजार पत्रकार महासङ्घलाई हस्तान्तरण गर्नुभएको छ ।

खप्तड जोड्ने सडकमा कालोपत्र शुरु
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम शुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको छ ।

अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम शुरु गरिएको इञ्जिनीयर राजेन्द्र चौधरी बताउनुभयो । उहाँले भन्नुभयो, “सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्म कालोपत्र काम शुरु भएको छ, बाँकी काम पनि चाँडै शुरु हुनेछ ।”

सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ । पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिनुभयो । खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५.६ किलोमिटर कालोपत्र गर्न रु ४० करोड ठेक्का सम्झौता भएको छ । उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएसँगै कामले तीव्रता पाएको स्थानीयवासी सिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड जोड्ने सडकको कामले तीव्रता पाएको छ, समयमै काम सकिए अब खप्तड पुग्न पर्यटकलाई निकै सहज हुनेछ ।”

विगतमा उक्त सडक वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौँदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए । अब सडक कालोपत्र हुन थालेपछि यहाँका पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक सञ्जाल नभएकै कारण सुन्दर सुदूरपश्चिमको मुटु मानिएको खप्तडमा खासै पर्यटक भित्र्याउन सकेका थिएनौँ, अब सडक कालोपत्र हुने भएपछि पर्यटक भित्र्याउन सहज हुने र यहाँका नागरिकको आयस्तर वृद्धि हुने देखिन्छ ।”

कोरोना जोखिमले देश आक्रान्त बनेको बेला उक्त सडकमा काम गर्ने कामदारको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै तथा कोरोना जोखिमबाट बच्न अपनाउनुपर्ने सबै विधि अपनाएर काम शुरु भइरहेको सडक निर्माण तथा कालोपत्रको जिम्मा पाएको सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले जनाएको छ ।

खप्तड जोड्ने सडकमा कालोपत्र शुरु
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम शुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको छ ।

अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम शुरु गरिएको इञ्जिनीयर राजेन्द्र चौधरी बताउनुभयो । उहाँले भन्नुभयो, “सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्म कालोपत्र काम शुरु भएको छ, बाँकी काम पनि चाँडै शुरु हुनेछ ।”

सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ । पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिनुभयो । खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५.६ किलोमिटर कालोपत्र गर्न रु ४० करोड ठेक्का सम्झौता भएको छ । उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएसँगै कामले तीव्रता पाएको स्थानीयवासी सिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड जोड्ने सडकको कामले तीव्रता पाएको छ, समयमै काम सकिए अब खप्तड पुग्न पर्यटकलाई निकै सहज हुनेछ ।”

विगतमा उक्त सडक वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौँदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए । अब सडक कालोपत्र हुन थालेपछि यहाँका पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक सञ्जाल नभएकै कारण सुन्दर सुदूरपश्चिमको मुटु मानिएको खप्तडमा खासै पर्यटक भित्र्याउन सकेका थिएनौँ, अब सडक कालोपत्र हुने भएपछि पर्यटक भित्र्याउन सहज हुने र यहाँका नागरिकको आयस्तर वृद्धि हुने देखिन्छ ।”

कोरोना जोखिमले देश आक्रान्त बनेको बेला उक्त सडकमा काम गर्ने कामदारको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै तथा कोरोना जोखिमबाट बच्न अपनाउनुपर्ने सबै विधि अपनाएर काम शुरु भइरहेको सडक निर्माण तथा कालोपत्रको जिम्मा पाएको सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले जनाएको छ ।

निषेधाज्ञामा रोकिएन विकास निर्माण
कोरोनाको दोस्रो लहरका कारण तीव्ररूपमा सङ्क्रमण बढिरहे पनि बागलुङमा विकास निर्माण भने रोकिएको छैन । गत वर्ष कोरोनाका कारण ठप्प बनेको विकास निर्माण अहिले भने निरन्तर चलिरहेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार बागलुङमा अहिले निर्माण सामग्री बोकेका सवारीलाई निर्वाधरूपमा चल्न दिइएको छ ।

“गत वर्ष विकास निर्माण ठप्प भए तर अहिले अन्य क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि विकास निर्माण रोकेका छैनौँ, न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर काममा लगाउन निर्माण व्यवसायीलाई भनेका छौँ”, प्रजिअ कार्कीले भन्नुभयो, “निर्माण मजदुर एकै ठाउँमा बस्ने भएकाले उनीहरुलाई कामविहीन बनाउँदा भोकमरी, घर फर्कने समस्या हुन्छ, त्यसैले निरन्तर काम गर्न भनेका छौँ ।”

अहिले बागलुङ जिल्ला सदरमुकाममा निषेधाज्ञाको समयमा धमाधम घर निर्माणको कामसमेत चलिरहेको छ । जिल्लामा सञ्चालित साना तथा ठूला विकास निर्माणका योजनामा स्वास्थ्य सुरक्षा अपनाएर काम अघि बढाइएको छ ।

पालिकामा निषेधाज्ञा रहे पनि विकासे योजनाको काम नरोकिएको बागलुङ नगरपालिकाले जनाएको छ । मुलपानी–भलाटाकुरा सडकको २ किमी सडक कालोपत्र भइरहेको र थप ५०० मिटर सडकको पक्की नालीसहित ग्राभेलको काम चलिरहेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार केही स्थानका योजना प्रभावित भए पनि महत्वपूर्ण विकासे योजनाको काम जारी छ ।

सङ्घीय सरकारको सडक डिभिजन कार्यालय बागलुङमार्फत बागलुङ–बेनी सडकखण्डअन्तर्गत ११ किमी सडक स्तरोन्नति कार्य रोकिएको छैन । अहिले रामरेखामा सडक स्तरोन्नतिसँगै कालोपत्र भइसकेको छ भने उपल्लाचौरमा धमाधम काम चलिरहेको सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालले जानकारी दिनुभयो । रु तीन करोड ३७ लाखको लागतमा स्तरोन्नतिसँगै पूरै ११ किमी नयाँ कालोपत्र गरिने सडकखण्डले बागलुङ–बेनी यात्रालाई सहज बनाउनेछ ।

कोरोना महामारीबीच क्षेत्रीय सडकका रूपमा रहेको बागलुङ नगरपालिका–४ कुडुँले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकको १४ किलोमिटर सडक कालोपत्र गर्नका लागि सडकको धमाधम स्तरोन्नति भइरहेको छ । नगरपालिकाको कँुडुले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जानेसम्मकोे सडक स्तरोन्नतिसँगै कालोपत्र गरिने सडक हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४२ करोडको लागतमा सडक स्तरोन्नतिसँगै कालोपत्र गर्र्ने उक्त सडक बन्दाबन्दीमा रोकिएको छैन ।

बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ अन्तर्गत पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका समेट्ने गरी क्षेत्रीय चक्रपथका रूपमा यस सडकलाई स्तरोन्नतिसँगै कालोपत्र गर्न पूर्वाधार निर्माणको काम गत वर्षदेखि चलिरहेको छ । चौध किलोमिटर सडक आठ मिटरको मापदण्डअनुसार चौडा हुने र एक मिटर नाली निर्माण गर्ने र ५.५ मिटर चौडा सडक केही समयपछि कालोपत्र हुनेछ । पहिलो चरणमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानासम्म कालोपत्र गरिने र दोस्रो चरणमा तितौरै भिमपोखरा, धम्जा, बिहुँ, लेखानी, रेश हुँदै बलेवा जोड्ने सडक विस्तार र कालोपत्र गर्ने योजना रहेको बागलुङ नगरपालिकाका प्रमुख पौडेलले बताउनुभयो ।

यस्तै रामरेखा मरेपिपलको गत वर्षदेखि चलिरहेको सडक स्तरोन्नतिको काम अहिले अन्तिम चरणमा पुगेको छ । अहिले उक्त सडक ग्राभेल भइरहेको र निषेधाज्ञाकै बीचमा कालोपत्र गरिने निर्माण व्यवसायी विदुर शर्माले बताउनुभयो । जिल्लामा सङ्घ, प्रदेश तथा स्थानीय तहका विकास निर्माणमा आंशिक प्रभाव परे पनि रोकिएका भने छैनन् ।

बहराइनी राजकुमारबाट सगरमाथा आरोहण
बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधार शिविरमा रहनुभएका विभागका निर्देशक मीरा आचार्यले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ, “सन् २०२१ मे ११ स्थानीय समय बिहान ६ः४० बजे बहराइनको राजपरिवारका सदस्यसहितको टोली सगरमाथाको शिखर तथा नेपाली गौरव, शान तथा अनुपम सम्पत्ति सगरमाथाको सफल आरोहण गरेको जानकारी प्राप्त भएको छ । सफल आरोहीलाई सगरमाथा जतिनै उच्च बधाई ।”

बहराइनका अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणमा गएको थियो । उक्त आरोहण टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् ।

वसन्तयामको सगरमाथा आरोहणका यही वैशाख २४ देखि शुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पा नेतृत्वको १२ शेर्पा आरोही टोलीले आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरोमा पुगेको (रोप फिक्सिङ) गरेपछि व्यावसायिक आरोहण शुरु भएको थियो ।

पर्यटन मन्त्रालयका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् । वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।

सगरमाथासहितका विभिन्न १९ हिमाल तथा पिक आरोहणका लागि विभिन्न २४ एक्सिपीडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका हुन् । वसन्तयामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै रु ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ ।

भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित
कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता छ । अस्पतालमा जनशक्तिको अभाव हुँदा भेन्टिलेटर चल्दैनन् भने अक्सिजनको जताततै हाहाकार छ । भेन्टिलेटर नचलेपछि उपचारका लागि भर्ना भएका बिरामीले भेन्टिलेटर हेरेर ज्यान गुमाउनु परिरहेको छ । पछिल्लो दुई दिनमा मात्रै टीकापुर अस्पतालमा १४ जनाले ज्यान गुमाएका हुन् । अस्पतालमा दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएपछि २२ जनाले ज्यान गुमाइसकेका छन् ।

टीकापुर नगरपालिका–१ का ४५ वर्षीय एक पुरुष चार दिनदेखि अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँमा सुधार नभएपछि आफन्तले भेन्टिलेटरको खाजी गरेर कोहलपुर लैजाने निणर्य गरे । भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने उहाँलाई उच्च उपचारकक्षबाट एम्बुलेन्समा राख्दै गर्दा आइतबार उहाँको ज्यान गयो । “भेन्टिलेटर हुँदासमेत हामीले उपचार पाएनौँ । उपकरण भएर पनि त्यसको प्रयोग नहुँदासम्म कुनै काम नहुँदोरहेछ । आफन्तलाई अकालमै गुमायौँ”, उहाँका एक आफन्तले भन्नुभयो, “उपचारकक्षमा राखिएका तिनै भेन्टिलेटर हेरेर बिरामीले ज्यान गुमाइरहेका छन् । भेन्टिलेटर उपलब्ध गराउने सरकारले जनशक्ति दिन किन कन्जुस्याइँ गरेको होला ?”

कोरोना सङ्क्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको आइसीयू जनशक्तिको अभावमा प्रयोगविहीन भएपछि बिरामी ज्यान गुमाउन बाध्य छन् । एनेस्थेसिया र फिजिसियनको अभावमा सातवटा भेन्टिलेटरसहितको आइसीयू प्रयोगविहीन जस्तै बनेको छ । अस्पतालले लामो समयदेखि एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भए पनि व्यवस्था हुन नसक्दा आइसीयू र भेन्टिलेटरमा भर्ना गरेर उपचार गर्नुपर्ने कोरोना सङ्क्रमित उपचार नपाएर ज्यान गुमाइरहेका छन् ।

अस्पतालले हाल २० शय्याको एचडीयू (उच्च उपचारकक्ष) स्थापना गरेर कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा रेमकुमार राईले अस्पतालमा उपलब्ध जनशक्ति, स्रोत साधनको प्रयोग गरेर उपचार गरिरहेको बताउनुभएको छ । “आंशिकरूपमा भेन्टिलेटर हामीले चलाइरहेका छौँ, हामीले लिएको तालिमका आधारमा उपचार भइरहेको छ”, डा राईले भन्नुभयो, “एनेस्थेसियोलोजिष्ट भएको भए भेन्टिलेटर ट्युबको प्रयोग गरेर कृत्रिम श्वास दिएर उपचार गर्न सकिन्थ्यो । एनेस्थेसिया नहुँदा भेन्टिलेटर चलाउन सकिएको छैन । उपकरण भएर पनि जनशक्ति नहुँदा बिरामीलाई जोगाउन मुस्किल हुन थालेको छ ।”

आइसीयू सञ्चालनमा आउन नसक्दा कोरोना सङ्क्रमितलाई थप उपचारका लागि धनगढी र नेपालगञ्ज पठाउनुपर्ने बाध्यता छ । ती ठाउँमा रहेका अस्पतालमा समेत कोरोना सङ्क्रमितले सहजरूपमा उपचार पाउन नसक्दा ज्यान गुमाउनुपर्ने अवस्था आएको हो । स्थानीयवासीले जनशक्तिको व्यवस्थापन गरेर भए पनि तत्काल आइसीयू सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् । अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जनशक्तिको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेको भन्दै आइसीयू सञ्चालनका लागि स्थानीय तहसँग निरन्तर समन्वय गर्दा पनि सफल हुन नसकेको बताउनुभयो । “गत वर्षदेखि नै एनेस्थेसिया माग्दै आएका छौँ, आफू पनि खोजिरहेका छौँ तर पाउन सकेका छैनौँ”, अध्यक्ष रावलले भन्नुभयो, “सङ्घीय मन्त्रालयका मन्त्री, प्रदेश सरकारका मन्त्रीदेखि सबैलाई भन्दाभन्दै थाकिसक्यौँ, स्थानीय सरकारले पनि सुनुवाइ गरेको छैन । अहिले त फोन पनि उठ्दैन ।” अध्यक्ष रावलले अस्पतालमा भएका पूर्वाधारको प्रयोग गर्ने जनशक्ति नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु परिरहेको गुनासो गर्नुभयो ।

कैलालीको पूर्वी क्षेत्रका टीकापुर, लम्कीचुहा र भजनी नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरिया, मोहन्याल गाउँपालिका र छिमेकी बर्दिया जिल्लाको पश्चिमी भेगका पालिकाका बासिन्दाले उपचार सेवा लिँदै आएको यस अस्पतालले विगत लामो समयदेखि नै जनशक्ति अभाव भोग्दै आएको छ । अस्पतालले स्थानीय सरकारसँग आइसीयू सञ्चालनका लागि सर्वदलीय छलफलसमेत गरेको थियो । छलफलमा जनप्रतिनिधि सकारात्मक देखिए पनि छलफलपश्चात भने जनप्रतिनिधिबाट कुनै प्रतिक्रिया नआएको अध्यक्ष रावल बताउनुहुन्छ ।

कोरोनाको सङ्क्रमणका कारण स्थिति नियन्त्रण बाहिर जान थालेपछि जानकी गाउँपालिकाले एनेस्थेसियालोजिस्टका लागि माग गरेको छ । सोमबार कार्यपालिकाको बैठकले अस्पतालका लागि गाउँपालिकाले खर्च व्यवस्थापन गर्ने गरी निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो । उहाँले पहिले पनि अस्पतालसँग समन्वय भए पनि अन्य पालिकासँग पनि समन्वय भइरहेका कारण निर्णय गर्न ढिलाइ भएको बताउँदै एनेस्थेसियाका लागि खर्च हुन आउने रकम गाउँपालिकाले खर्च गर्ने बताउनुभयो ।

दश विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल पाँच जना मात्रै कार्यरत छन । तीमध्ये तीन करारमा कार्यरत छन् । अध्यक्ष रावलले सुदूरपश्चिम प्रदेश सरकारसँग तत्काल दुई मेडिकल अधिकृत र १५ स्टाफ नर्सको माग गरेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले हाल सात जना मेडिकल अधिकृत खटाएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..