मुख्यमन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

संसदीय दलको आइतबार बिहान बसेको बैठकमा उनले राजीनामा दिएका हुन् ।

दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुन: मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र विश्वासको मत लिने उनले बताएका छन् ।

जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत छ ।

नेकपा एमालेका मुख्य सचेतक भूमीश्वर ढकालले मुख्यमन्त्रीले राजीनामा दिएको बताए ।

मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरूले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेशसभामा आजबाट छलफल सुरु हुदै थियो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..