चीन र अमेरिकाका युद्धपोत आमनेसामने : बढ्यो युद्धको खतरा

3bed0cd8e6b9e3b217f142d3c6e9344b w1000 h500 cp

3bed0cd8e6b9e3b217f142d3c6e9344b w1000 h500 cp

चीन र अमेरिकाबीच युद्धको खतरा बढेर गएको छ। एउटै समुद्री क्षेत्रमा यी दुवै देशले युद्धपोतसहित सैन्य जहाजहरु पठाएपछि सैन्य संघर्षको खतरा बढेको हो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार बेइजिङ र वासिङ्टनका सैन्य जहाजहरु पूर्वी र दक्षिण चीन सागरतर्फ अगाडि बढेका छन्। दुवै देशले फिलिपिन्सले दाबी गरेको विवादित जलक्षेत्र ह्विस्टन रिफ नजिक गइरहेका हुन्। ह्विस्टन रिफ दक्षिण चीन सागरको हिस्सा हो। हालै यो क्षेत्रमा चीनका २ सय डुंगाहरु पुगेका थिए।

यस क्रममा चीनसँगै उसको रणनीतिक प्रतिद्वन्द्वी मानिएको अमेरिकाले पनि यो क्षेत्रमा आफ्नो नौसैनिकसहितको जहाजहरु पठाएपछि सैन्य संघर्ष हुने अनुमान गरिएको हो। दक्षिण चीन सागर समुद्री व्यापारको एउटा प्रमखु जलमार्गको रुपमा परिचित छ। वर्षेनी खरबौं डलरको कारोबार हुने यस क्षेत्र सबैको रणनीतिक चासोको रुपमा रहँदै आएको छ।

चीन एक्लैले यो सागरको ९० प्रतिशत जलमा आफ्नो हक भएको दाबी गर्दछ। त्यसकारण उसले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..