मंगल ग्रहमा चिनियाँ अन्तरिक्ष यान जुरोङ्गको अवतरण

चीनले अन्तरिक्ष अभियानमा ठूलो सफलता हाँसिल गरेको छ । चिनियाँ अन्तरिक्ष यान जुरोङ्ग मंगल ग्रहमा सफलता पूर्वक अवतरण गरेको शनिबार सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ । जुरोङ्ग रोवरसँगैरहेको तिअन्वेन–१ नामक अर्बिटर पनि थियो, जो गएको फेब्रुअरीमा मंगल ग्रहमा पुगेको थियो ।

सात महिनाको यात्रा तथा तीन महिनासम्म परिक्रमा गरेपछि रोवर मंगल ग्रहमा अवतरण भएको चीनले जनाएको छ ।

चिनियाँ रोवरमा ६ वटा चक्का रहेका छन् । सो रोवर मंगल ग्रहको उत्तरी गोलार्धमा स्थिति युटोपिया प्लेनेशियामा गएको हो । मंगल ग्रहमा रोवर अवतरण गर्नु चीनका लागि ठूलो सफलता हो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..