annapurna add

cib sahakul thapa scaled copy

राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत प्रविण थापा मगरको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रविण थापा मगरको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको हो  ।

अनुसन्धानका सहायक सूचक २७ वर्षीय मगर नेपालगन्ज उपमहानगर–१८ सुर्जेगाउँस्थित तोरीबारीमा गत माघ २ गते मृत अवस्थामा फेला परेका थिए । उनको टाउको र शरीरमा डामहरु थिए । बाँके प्रहरीले घटना अनुसन्धानका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियार संलग्न भएको पत्ता लगाएको थियो ।

घटनापछि फरार रहेका उनी त्यहाँबाट भागेर भक्तपुर, चाँगुनारायण नगरपालिका–९ ताथलीमा लुकेर बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, काठमाडौंबाट खटिएको प्रहरी टोलीले परियारलाई पक्राउ गरेको जनाएको छ ।

उनीमाथि अनुसन्धान भइरहेको र बिहीबारै जिल्ला प्रहरी कार्यालय, बाँके पठाउने तयारी भइरहेको ब्युरोका प्रमुख, डिआईजी सहकुल थापाले बताए ।

142440706 2909192112697570 3020768694606394543 n

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...