जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता दिने निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालको समर्थन पाउनका लागि जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गरेका छन् । नयाँ सरकार गठनका लागि मुलुकको राजनीतिक कोर्ष अचानक मोडिएसँगै ओलीलाई जसपाको साथ अत्यावश्यक भएको हो । आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन वा अरुको नेतृत्वमा सरकार बन्न नदिनका लागि ओलीले जसपाको साथ खोजेका हुन् ।

प्रधानमन्त्री ओलीले नागरिकतासम्बन्धी विधेयक लामो समयदेखि संसदमा विचाराधीन रहेकै समयमा बिहीबार जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने निर्णय मन्त्रिपरिषद्बाट गरेका छन् । सरकारको उक्त निर्णयप्रति जसपा नेपालका अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीलाई धन्यवादसमेत दिएका छन् ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनको प्रकृया अगाडि बढाउने र जसपाको ठाकुर पक्षले ओलीलाई बहुमतको सरकार बनाउन सहयोग गर्ने गरी दुई नेताबीच सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली जसपाको सहयोगमा बहुमतको सरकार बनाउने मनस्थितिमा पुगेका छन् । उनले एमालेभित्र माधवकुमार नेपाल पक्षलाई पनि मिलाइसकेका कारण आफ्नो पार्टीका १२१ जना सांसद र जसपाका महन्थ–राजेन्द्र पक्षमा देखिएका १९ सांसदको समर्थनमा बहुमतको सरकार बनाउन सकिने निष्कर्ष निकालेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..