annapurna add

अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।

Citizenshipसोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि ती महिलाले ८० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।

मानसिक सन्तुलन गुमाएकी महिलालाई मालारानी–३ का वडाध्यक्ष शोभाखर खनालको पहलमा उहाँ बसेको छोरीकै घर सन्धिखर्क नगरपालिका–२ कुरमा पुगेर प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा गएको जिल्ला प्रशासन कार्यालयका टोलीले नागरिकता प्रदान गरेको हो ।

असी वर्षका उमेरमा घरमै पुगेर नागरिकता दिएपछि उहाँका आफन्त खुशी भएका छन् । नागरिकता नपाएको र हाल ती महिला सन्धिखर्क–२ स्थित छोरीको घरमा बसेकी खबर पाएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर उहाँ बसेको स्थानमै पुगेर नागरिकताको सिफारिस तथा सनाखत गरेर नागरिकता प्रदान गरिएको वडाध्यक्ष खनालले बताउनुभयो ।

नागरिकताको सिफारिस लिन मालारानी गाउँपालिका–३ खादहमा पुग्नुपर्ने । मानसिक सन्तुलनसमेत गुमाएकी महिलालाई वडा कार्यलय तथा जिल्ला प्रशासन कार्यलयमा समेत ल्याउन असजिलो हुने भएपछि घरमै गएर सबै कागजी प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनुभयो ।

नागरिकता नहँुदा वृद्ध भत्तासमेत खानबाट वञ्चित भएकी महिलालाई अबदेखि नागरिकताको आधारमा वृद्ध भत्ता समेत प्रदान गरिने वडाध्यक्ष खनालको भनाइ छ ।

आफ्नो वडाको मानिस खोजी गरी अर्को नगरपालिकामा समेत आएर नागरिकता दिलाउन पहल गरेकोमा वडाध्यक्षको सबैले खुलेरै प्रशंसा गरेका थिए ।

सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन, मालारानी– ३ का वडाध्यक्ष शोभाखर खनाललगायतको टोली घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।

कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र
सप्तरीको दुईवटा स्थानीय तह पालिका जोड्ने ठाउँमा विगत सात वर्षदेखि पक्की पुल निर्माण कार्य अलपत्र रहेको पाइएको छ ।

लामो समयदेखि सप्तरीको कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिका जोड्ने सुन्दरीखोलामा बन्ने पुल अहिलेसम्म बन्न सकेको छैन ।

करीब सात वर्षअगाडि निर्माण कार्य थालिएको सो पुल निर्माण कार्य रोकिएपछि अहिलेसम्म पक्की पुल निर्माणको काम पूरा हुन नसकेको गुनासोसमेत पाइएको छ । आर्थिक वर्ष २०७१÷७२ देखि पुलको काम शुरु गरेर आव २०७३÷७४ मा बनाई सक्नुपर्नेमा आव २०७६÷७७ सम्म पनि काम पूरा हुन नसकेको स्थानीयवासी विजय महत्मान यादवले जानकारी दिनुभयो ।

तीन वर्षमा सुन्दरीखोलामा बन्नुपर्ने सो पुल ७ वर्ष बित्दा पनि बन्न नसकेका कारण बर्सात र बाढी आएको बेला सो नदी तर्न समस्या हुने गरेको यादवले गुनासो गर्नुभयो ।

पुल निर्माणको समयमा नसकेका कारणले बाढीपहिरो आउने बेलामा पनि ओहोरदोहोर गर्न कठिनाइसमेत हुने गरेको स्थानीयवासीको आरोप रहेको छ ।

पुल निर्माण नहँुदा तिरहुत गाउँपालिकाको पिपराही, गोइठी मैनाकडेरी र धनपुरी गाउँका करीब दुई हजारका हाराहारीमा स्थानीय जनता कञ्चनपुर बजार आउन जान समस्या खोगिरहेको स्थानीयवासी मुकेश यादवको भनाइ छ ।

सडक डिभिजन लहान कार्यालाय सिरहामार्फत ठेक्का पाएका नीलगिरि कन्स्ट्रक्शनले तीन वर्षमा पुल निर्माण सम्पन्न गर्नुपर्ने तर सात वर्षमा पनि पुल निर्माण गर्न सकेका छैनन् ।

निर्माण नसकेका कारण बाढीको समयमा स्थानीय जनताले दुःख पाउनाका साथै बजारबाट खाद्यान्न सामग्री पनि ल्याउन समस्या हुने गरेको यादवको गुनासो छ ।

पुल निर्माणका काम तीन वर्षमा सम्पन्न गनुपर्ने पक्की पुल नबनेपछि वर्षा र बाढी आएको बेला आवतजावतमा समेत समस्या हुने गरेको छ । बर्खायाममा हजारौँ जनतालाई मर्का पर्नाका साथै कुनै सवारी साधनसमेत वारपार गर्न अहिले पनि नदीमा बालुवा रहेका कारण समस्या हुने गरेको स्थानीयको भनाइ छ ।

बरमझिया र कञ्चनपुरबाट पश्चिम भएर तिरहुत गाउँपालिकातर्फ जाने बाटोमा पर्ने सुन्दरीखोलामा तीन वर्षमा पुल निर्माण सम्पन्न गर्नुपर्ने तर ७ वर्षमा समेत बन्न नसकेको स्थानीयको गुनासो छ ।

बिरामी परेको बेला खोलापार गर्न मान्छेलाई साह्रै कठिनाइ हुने गरेको बताउँदै यस विषयमा पटकपटक सम्बन्धित निकायलाई जानकारी गराइए पनि केही सुनुवाइ हुन नसकेको स्थानीय नरेन्द्र यादवले गुनासो गर्नुभयो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...