नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण देशभरको जनजीवन प्रभावित

पोखराबाट जनसरकार प्रमुख लगायत १० जना कार्यकर्ताहरुलाई गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । यतायात पसलहरु ठप्प छन् ।

 todfod min

बन्दकर्ताहरुले विशेषतया भारतीय नम्बर प्लेटका गाडीहरुलाई आफ्नो निशानामा पारेका छन् । बन्दका क्रममा एका बिहानै ३ वटा भारतीय गाडिमाथि तोडफोड र आगजनी भएको छ ।

 

बन्दकर्ताहरुले राजधानीमा बन्दको अवज्ञा गरेको भन्दै पुरानो बानेश्वर, कलङकी चोक र गाेंगबुमा भारतीय गाडीमाथी तोडफेड तथा आगजनी गरेका छन् ।

 

राजधानीको पुरानो बानेश्वरस्थित भेनस अस्पताल पछाडि बी आर ३१ जे ११३० नम्बरको गाडीमा तोेडफोड तथा आगजनी गरेको जनाइएको छ ।

 

यस्तै कलंकीमा पनि भारतीय नम्बर प्लेटको गाडी प्रहरी घेराभित्र तोडफोड भएको छ । गौशालाबाट आउदै गरेको यु पि ६५ एएम ०६५७ नम्बरको टोयटा कारमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । उता गाेंगबुमा एचपी ६४५०६६ नब्काे भारतीय गाडीमाथी नै ताेडफाेत भएकाे छ ।

 

कञ्चनपुरमा बिहिबार भारतीय सुरक्षा बल (एसएसबी)ले स्थानीय गोबिन्द गौतमको गोलीहानी हत्या गरेपछि देशभर स्थानीयहरू आक्रोशित भएका छन् । बुधबार भारतीय ज्यादतीबिरुद्ध बिरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार भारतीय राजदूतावास लैनचौर अगाडी प्रदर्शनगरेको थियो ।

बन्दका क्रममा देशभरबाट २ करिब दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा शनिबार बिहानै प्रहरीले पोखराबाट कास्की जिल्ला जनसरकार प्रमुख लगायत १० जना कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।

बन्द गराउन हिंडिरहेका बेला उनीहरुलाई पोखराको पृथ्वीचोक (लखनचोक)बाट ६ जना र लेखनाथ नगरपालिकाको पावरहाउसबाट चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनसरकार प्रमुख जगन तिवारी ‘जगन बा’, अखिल नेपाल श्रमिक मजदूर संघका केन्द्रीय सचिव राजु भुजेलसहित अमृत सापकोटा, सुरज गुरुङ, तिलबहादुर रेग्मी र रामचन्द्र ढ्ंगानालाई गिरफ्तार गरेको छ। उनीहरुलाई रहेका छन् । वडा प्रहरी कार्यालय बैदाम पोखरामा राखिएको छ ।

त्यसैगरी लेखनाथको पावरहाउसबाट कुमार, दिव्य गोगै तमु, रामजी बराललाई गिरफ्तार गरी डाँडाको नाक प्रहरीचौकीमा राखेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..