कार्यदल बैठक सकियो : एमाले विवाद निष्कर्षउन्मुख

नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरुप बसेको कार्यदलको बैठक सकारात्मक बनेको छ । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय कार्यदलको बैठक सकारात्मक बनेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

उनले विवाद समाधान निष्कर्षउन्मुख भएको भन्दै भोलि फेरि बैठक बसेर टुंग्याइने जानकारी दिए । ‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ’, उनले भने। यसबारे उनले थप कुरा बताएनन ।

कार्यदल बैठक बस्नुअघि भीम रावल माधव नेपालसँग परामर्श गर्न कोटेश्वर पुगेका थिए। नेपाल पक्षका संयोजक रावलले अहिलेसम्मका सहमतिका विषयमा नेपाललाई जानकारी गराएको बताइएको छ । नेपाल समूहभित्रै असन्तुष्टी बढिरहेकाले रावल छलफलका लागि कोटेश्वर गएका हुन् । रावल फर्किएसँगै अर्थमन्त्रालयमा दुवै पक्षको कार्यदलबीच छलफल शुरू भएको थियो ।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..