कोरोना संक्रमणबाट हेटौडा सानोपोखरामा एकजनाको निधन

848 Beautiful Hetauda city1

कोरोना भाइरसको संक्रमणका हेटौंडा–५, सानोपोखराकी ४९ वर्षीया एक महिलाको मृत्यु भएको छ । मिर्गौला रोगले पीडित समेत रहेकी उनको शनिबार बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । कोभिड-१९ आईसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । डायलसिस गर्नका लागि उनी साउन २७ गते चितवन मेडिकल कलेज गएकी थिइन् । उनको तीन पटकसम्म डायलसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै मकवानपुरमा कोरोना भाइरस संक्रमित भई मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार शुक्रबार राति काठमाडौंकी एक जना र शनिबार बिहान भक्तपुरकी एक गरी दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीया महिलाको शुक्रबार राति १० बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

त्यस्तै भदौ ८ गतेदेखि पाटन अस्पतालमा भर्ना भई उपचाररत भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान ६ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो । यसअघि शुक्रबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सिरहाका ८४ वर्षीय संक्रमितको मृत्यु भएको थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामै एक महिलासहित वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..