annapurna add

coronavirus update

नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा बिहीबार ४ सय ५७ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ५० हजार ४ सय ११ पुगेको हो । यो कूल संक्रमितको ७२.७४ प्रतिशत हो ।

बुधबार नेपालमा १ हजार ८ सय ९३ जना संक्रमित निको भएका थिए । मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म ९ लाख ५५ हजार ९ सय २३ परीक्षणहरु गरिएका छन् । मुलुकभर सक्रिय कोरोना संक्रमिको संख्या १८ हजार ४ सय ३७ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार