प्रचण्डका आधा दर्जन सुरक्षाकर्मीलाई कोरोना संक्रमण

prachanda new house uW8d6xmTly

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । कुन दर्जाको सुरक्षाकर्मीलाई कोरोना देखिएको पुष्टि भएको छैन ।

सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..