वाग्मती प्रदेश उपसभामुख राधिका तामाङलाई कोरोना पुष्टि

Radhika Tamang 934x1024

वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । परिवारका ६ जनाको कोरोना परिक्षण गर्दा उपसभामुख तामाङ र उनका ९ बर्षिय छोरालाई कोरोना संक्रमित भएको पुष्टि भएको छ भने बाँकी सदस्यहरुलाई कोरोना नेगेटिभ आएको स्वकीय सचिव एलिसा थापाले जानकारी दिईन ।

कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको हो । केही दिन अगाडि काठमाडौंको एक बैठकमा सहभागी मध्येका एकजनालाई कोरोना संक्रमण पुष्टि भएको खबरपछि तामाङले कोरोना परिक्षण गरेकी हुन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..