सरकारले भारतबाट ल्यायो १० लाख डोज कोरोना खोप

151176045 425872451848133 213550603813608987 n

151176045 425872451848133 213550603813608987 n

सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको खोप काठमाडौँ आइपुगेको छ । सरकारले भारतसँग खरिद गरेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौँ आइपुगेको हो । आज सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप एयर इन्डिया दिल्लीको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौताअनुरुप पहिलो खेपको खोप आएको हो । खोपको दोस्रो खेप पनि फागुन २३ गते अगावै आउने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..