कोरोनाको खोप परिक्षण अन्तिम चरणमा

Coronavirus drugs

औषधि उत्पादक कम्पनी मोदेर्नाले बुहुप्रतिक्षित कोरोना भाइरसविरुद्धको खोपको बिस्तारित वृहत परीक्षण आउँदो जुलाईदेखि सुरु गर्ने तयारी रहेको स्पष्ट पारेको छ । अमेरिकी कम्पनी मोदेर्नाले कोरोना भाइरसविरुद्धको खोपमा काम गरिरहेको छ । उसले बनाएको खोपको दुई चरणको परीक्षणमा सकारात्मक नतिजा आएको छ ।

सम्भावित खोप सुरक्षति र प्रभावकारी देखिएका छन् । सो खोपको वृहत परीक्षण अर्थात अन्तिम चरणको परीक्षण आउँदो जुलाईदेखि सुरु गर्ने तयारी रहेको मोदेर्नाले बिहीबार बताएको हो । तेस्रो चरणको परीक्षणमा स्वतन्त्र रुपमा खोपको डोज लिन तयार भएका ३० हजार मानिस सहभागी हुने छन् ।

मासाचुसेट्सको क्याम्ब्रिजमा रहेको बायोटेक कम्पनी मोदेर्नाले यो चरणको अध्ययनको प्राथमिक उद्देश्य कोरोना भाइरसका कारण लाग्ने लक्षण युक्त कोभिड १९ बाट जोगाउने रहेको जनाएको छ । यस्तै गम्भीर रोग लाग्नबाट जोगाउने र मानिसलाई अस्पताल जान पर्ने अवस्था नआउने बनाउनु अर्को उद्देश्य रहेको मोदेर्नाले जनाएको छ ।

अन्तिम चरणको परीक्षणका लागि १०० ग्राम डोजको खोप बनाइएको मोदेर्नाले जनाएको छ । यो डोजले व्यक्तिको प्रतिरोधात्मक क्षमता बढाउने र गम्भीर साइड इफेक्ट्स नहुने जनाइएको छ ।

मोदेर्नाले प्रति वर्ष खोपको ५० करोड जोड आपूर्ति गर्ने र सम्भव भएसम्म सन् २०२१ को सुरुसम्ममा प्रति वर्ष एक अर्ब जोड उत्पादन गर्न सक्ने गरी काम भइरहेको उल्लेख गरेको छ ।

स्वीडिस औषधि उत्पादक लोन्जासँगको सहकार्यमा मोदेर्नाले कोरोना भाइरसविरुद्धको खोपमा काम गरिरहेको हो। तेस्रो चरणको परीक्षणका लागि चाहिने सबै खोप उत्पादन भइरहेको कम्पनीले जानकारी दिएको छ। देशसंचार

Kantipath Media

यो छुट्टाउनु भो कि..