बारामा प्रहरीका सईलाई कोरोना संक्रमण : काठमाडौँमा असईद्वारा गोलि हानी आत्महत्या

corona Update kntpthजिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब निरीक्षक (सई)मा कोरोनाको संक्रमण देखिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए।

संक्रमण देखिएपछि ती प्रहरीलाई उपचारको लागि कलैयास्थित कोरोना अस्थायी अस्पतालमा लगिएको पङ्गेनीले बताए। सर्लाही घर भएका ४९ वर्षका संक्रमित प्रहरी कलैयाकै बाल मन्दिरमा बनाइएको आइसोलेशनमा बस्दै आएका थिए। यसअघि पनि जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शखामा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण भएको थियो।उनको काठमाडौंमा उपचार भइरहेको छ। बारामा संक्रमितको संख्या १३ पुगेको छ। जसमध्ये २ जना शनिबार उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

त्यस्तै महानगरीय प्रहरी वृत स्वयम्भू अन्तर्गत हल्चोक बिटका इन्चार्ज विष्णुबहादुर कार्कीले गोली प्रहार गरि आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ। काठमाडौँ प्रहरी परिसर प्रवक्ता राजकुमार केसीले बन्द कोठामा कार्की मृत भेटिएकाले आत्महत्या गरेको भन्न सकिने अवस्था रहेको बताए। उनले भने- भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव भेटिएकाले र पेस्तोल पनि नजिकै रहेकाले आत्महत्या नै हो भन्न सकिने अवस्था छ। हल्चोक बिटभित्रै उनी सुत्ने कोठामा कार्कीको शव भेटिएको हो।

Kantipath Media

यो छुट्टाउनु भो कि..