‘विद्वानहरु निलम्बित, मुर्ख र भ्रष्ट्र पुरष्कृत’ !

ghanashyam and surendra1617261168

ghanashyam and surendra1617261168

नेकपा (एमाले) का नेता योगेश कुमार भट्टराईले पार्टीले नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनासम्म निलम्बन गरेकोलाई भद्दा मजाक भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्–‘ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन । कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।’ आजमात्रै पार्टीले भुषाल र पाण्डेलाई ६ महिनासम्म निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएकोले कारबाही गरिएको जनाईएको छ ।

नेकपा एमालेबाट ६ महिनाका लागि निलम्वित भएका नेता घनश्याम भुसालले एमालेको अध्यक्ष भएर केपी ओलीले बर्बादी गरेको भन्दै त्यसका लागि दुनियासँग माफी माग्ने सार्वजनिक टिप्पणी गरेका छन् ।

आफूमाथिको कारबाहीपछि प्रतिक्रिया दिदै भुसालले ओलीले लोकतन्त्रको हुर्मत लिएको र त्यो अपूरणीय रहेको भन्दै ओलीको व्यक्तिवादी,अवसरवादी,दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गर्ने बताएका छन् ।

भुसालले भनेका छन्–हामी उनका ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौं । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु । भुसालले ओलीमा असिमित सत्ताभोगको अतृप्त तृष्णले म र मेरो बाहेक केही नदेख्ने बनाएको र आफू बस्न नपाउने कुर्सी भाँचिदिने जीवन दर्शन रहेको आरोप समेत लगाएका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..