annapurna add

nepali army marshal

तीन महिनादेखि काठमाण्डौ महानगरपालिका र केन्द्रीय कारागारछेउ सेनाको राष्ट्रिय सेवा दलमा थुनामा रहेका एकतारे जर्नेल प्रयोगजङ्ग राणामाथिको कोर्ट मार्शल सकिन लागेको छ, पर्सिसम्ममा समरी जनरल सैनिक इजलासले निजबाट बीरेन्द्र सैनिक तालिम केन्द्र,काभ्रेको पाँचखालमा कार्यरत रहँदा दुई करोड आसपासको घोटाला ठहर गर्ने पक्का भएको छ । तीन महिनाको हिरासतमुक्त हुन दुई करोड बिगो तिरेपनि जागिरबाट भने हात धुनुपर्ने छ । स्रोतका अनुसार उनलाई बिगोबमोजिम असुल गरी भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहर नहुने गरी बर्खास्त गरिनेछ ।

प्रयोगसङ्गै थुनामा रहेका महासेनानी नवीन सिलवाललाई पनि दण्ड सजाय हुँदैछ । उनलाई राणाको तुलनामा कम बिगो ठहर हुने बुझिएको छ । सिलवाललाई एक करोडभन्दा कम ठहर हुने अड्कल गरिएको छ । कारबाहीमा नपरेको भए राणालाई भावी सेनापतिको रूपमा लिइएको थियो । राणाको पूर्व सेनापति प्रज्वल समशेर र गौरव समशेरसँग निकै नजिकको नाता सम्बन्ध रहेको बताइन्छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...