मन्त्रालयमै एमालेका दुई नेताबीच कुटाकुट

नेकपा एमाले फुटको अन्तिम संघारमा पुगेको छ । स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म दुई चिरा परेको एमाले फुटको औपचारिक घोषणा हुन मात्र बाँकी छ ।

यसबीच, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र एमाले ओली गुटका नेता राजेन्द्र सिंह रावलमाथि मुक्का हानाहान भएको छ ।

सोमबार बेलुका भौतिक पूर्वाधार विकास मन्त्रालयमा दुई नेताबीत कुटाकुट भएको हो ।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशनसहितको पत्र बुझाउन मन्त्रालय गएको बेला सोडारी र रावलबीच हानाहान भएको बताइएको छ ।

नेता रावलले मन्त्री सोडारीले आफ्नो कठालो समातेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

मन्त्री सोडारीको सचिवालयले भने विज्ञप्ति जारी गर्दै रावलले नै मन्त्री सोडारीमाथि दुर्व्यहार गरेको दाबी गरेको छ ।

“कञ्चनपुर बस्ने राजेन्द्र सिंह रावल भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश गरी मन्त्री ज्यूलाई प्रदेश सभाको विषयमा कुरा गर्दै अभद्र व्यवहार गरेको प्रति मन्त्री ज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ स्वकीय सचिव ललित बहादुर बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..