राजा बन्छु भन्दै श्रीपेच चोर्न खोज्ने पक्राउ : श्रीपेचमा के-के जडित छन् ?

नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच फुटाउन खोज्ने पश्चिम रुकुमका खीमबहादुर घर्तीलाई पक्राउ गरेको छ । उनी टिकट काटेर संग्रहालय छिरेका थिए । संग्रहालयको अरू ठाउँको अवलोकन गरेपछि श्रीपेच भएको कक्षमा रुकुम पश्चिम मुसिकोट–११ का खीमबहादुर दायाँ छेउमा भएको खुकुरी भएको सिसा फुटाए । खुकुरी झिकेर ‘म राजा बन्छु’ भन्दै श्रीपेच भएको ठाउँमा जान लाग्दा सुरक्षाका लागि खटिएका नेपाली सेनाका सुरक्षा गार्ड र संग्रहालयका कर्मचारीले नियन्त्रणमा लिएको नारायणहिटी दरबार संग्रहालयले जानकारी दिएको छ ।

संग्रहालयले पक्राउ परेका घर्तीलाई आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि महानरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाईएको छ । सिसा फुटाउँदा उनको हातमा चोट लागेको छ । श्रीपेच हीरा, मोती, माणिक, पन्ना, नवरत्न र सुनजस्ता बुहुमुल्य सामग्री जडित छ। पुरातत्व विभागका अनुसार श्रीपेचमा सात सय ३० दाना हीरा, दुई हजार तीन सय ७२ मोती, २७ पन्ना र १६ वटा माणिक जडिएका छन्। श्रीपेचको पछिल्तिर झुन्डिएको कल्ली ‘बर्ड अफ प्याराडाइज’ नामको चराको पुच्छर हो। राजदण्ड र चमरमा सुन छ। तत्कालीन राजा ज्ञानेन्द्रले अन्तिम राजाका रुपमा श्रीपेच लगाएका थिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..