भोली अनेरास्ववियूका पुर्व अध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा श्रद्धान्जली सभा

dacharaj wagle

dacharaj wagle

नेकपा (प्रचण्ड–नेपाल) समूह समर्थित अनेरास्ववियूले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा विघटन गरेर ओली नेतृत्वको सरकारले असंवैधानिक कदम उठाएको भन्दै अनेरास्ववियूले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

अनेरास्ववियूले घोषणा गरेको आन्दोलनअनुसार, जुत्ता हान्नेदेखि बालुवाटार घेराउसम्म रहेको संगठनका प्रभावशाली नेता सुरेन्द्र बस्नेतले बताए । आन्दोलनकै बीचमा अनेरास्ववियूले संगठनका पुर्व केन्द्रिय अध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ । आरआर क्याम्पसमा भोलि दिउँसो १ बजे श्रद्धान्जली सभा राखिएको बस्नेतले बताए ।

नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको सडक दुर्घटनामा निधन भएको थियो । दुर्घटना पश्चात उनको शव सर्लाहीको बरहथवा–नयाँसडक खण्डमा दुर्घटनाग्रस्त मोटरसाइकलसहित फेला परेको थियो । वाग्ले ०५२ देखि ०५६ सालसम्म अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष थिए ।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..