वडा अध्यक्ष विष्टद्धारा निशुल्क गाडी उपलब्ध

सिर्जना स्नेही  बझाङ । कोरोना संक्रमित भएको मानिसलाई जिल्ला बाहीर लिनु परेको खण्डका वडा अध्यक्ष वडा अध्यक्ष दल बहादुर विष्ट(कृष्ण)ले आफ्नो निजी सवारी उपलव्ध गराउने घोषणा गरेका छन् ।

Dala bistबझाङकाे जयपृथ्वी नगरपालीका वडा नम्बर १० का वडा अध्यक्ष विष्टले आवश्यक परेमा कोरोना संक्रमित व्यक्तीका लागी आफ्नो निजी सवारी निशुल्क उपलव्ध गराउने बताउनु भएको छ ।

विष्टले सामाजीक संजाल फेसबुक मार्फत सबै स्थानीय बासिन्दालाई जानकारि गराउदै कोरोनाका संक्रमित भएर कसैको रिफर गरेर जिल्ला भित्र वा बाहीर जहाँ जुन सुकै ठाँउमा विरामी लैजानका लागी सजिलो होस भन्ने उदेश्यले निशुल्क जीप उपलब्ध गराउने निर्णय गरेको बताउनु भयो ।

जनतालाई अफ्ठ्यारो परेको समयमा साथ दिनु कर्तव्य हो भन्दै विष्टले निशुल्क सवारी उपलव्ध गराइएको जानकारी दिए ।

अध्यक्ष विष्ट नेपाली काँग्रेसबाट विजयी उम्मेद्धार हुन् । वडा अध्यक्ष बिष्टले यस अघि पनि गरिब, टुहुरा तथा अतिविपन्न बादी समुदायका ब्यक्तीहरुका लागी आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..