नेपालका १५ जिल्लामा डेङ्गु रोग, २४ जना सङ्क्रमित

चितवन- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका १५ जिल्लामा डेङ्गु रोग देखिएको छ। जसमा २४ जना सङ्क्रमित भएको र अहिलेसम्म मानवीय जोखिम भने भएको छैन । बढी डेङ्गु सङ्क्रमण फेला परेका जिल्लामा चितवनमा चार र दाङमा चारजना छन्। 

Dangu

पूर्वी झापादेखि पश्चिम अछामसम्मका १५ जिल्लामा डेङ्गु पाइएको महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा विवेककुमार लाल बताउँछन्। एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ ।

यो लामखुट्टे फालिएका र खुला भाँडाकुँडामा जमेको पानीमा फुल पारेर बच्चा बनाउने गर्छ । त्यसैले घरवरपर सरसफाइ गरी पानी जम्न नदिई लामखुट्टेबाट बचेमा रोग नलाग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखा प्रमुख डा गुणनिधि शर्मा बताउँछन्।

Kantipath Media

यो छुट्टाउनु भो कि..