दशैं आशिर्वाद फोनबाट लिन आग्रह : बाहिर हिड्ने कोरोना संक्रमितलाई ६ महिने जेल

2019 03 10 phone interview ruttapum2 Depositphotos 91016872 xl 2015 1200w

सरकारले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाए ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिएको छ । संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए । दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन उनले आग्रह गरे । अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..