कारागारमा कैदीको मृत्यु

bharatpur karagar

कारागार कार्यालय भरतपुरमा शनिबार राति एक कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा कलैया नगरपालिकाका ५८ वर्षीय भरतबहादुर थापा रहेको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार थापा २०७४ मा जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका थिए । थापालाई क्यान्सर रोगको संक्रमण देखिएपछि एक महिनाअघि चितवन पठाइएको थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..