रक्तश्रावका कारण सुत्केरीको मृत्यु, आगोमा जलेर एक महिलाको निधन

Pregnantबाजुरा – जगन्नाथ गाउँपालिका-५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ ।

जगन्नाथ गाउँपालिका-६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावलको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।

घरमै सुत्केरी भएकी रावलको साल अट्किएपछि अत्यधिक रक्तश्रावका कारण बेहोस अवस्थामा स्वास्थ्य केन्द्र गोत्री पुर्‍याइएको स्वास्थ्य एकाइमा कार्यरत स्वास्थ्य सहायक अमर बुढाले बताए ।

‘एकाइमा पुर्‍याउँदा बेहोस नै हुनुहुन्थ्यो, साल निकालेपछि रगत पनि रोकियो, घाम ताप्दै बिस्कुट र चिया खानुभएको थियो, तरपछि एक्कासि मृत्यु भयो’, स्वास्थ्य सहायक बुढाको भने ।

हेलिकप्टरको लागि प्रयास गर्ने क्रममा सुत्केरीको अवस्था सुध्रेको पाइएपछि प्रमुख जिल्ला अधिकारीलाई त्यही सूचना पठाइए पनि उनको मृत्यु भएको डा. विश्वकर्माले बताए ।

बाजुरामा यसअघि पाँच सुत्केरीको हेलिकप्टरमार्फत राष्ट्रपति उद्धार सहयोग कार्यक्रमबाट उद्धार गरिएको थियो ।

याे पनि पढ्नुहाेस् – मंगलबार दिउसो आगोमा जलेर धनगढीमा एक महिलाको मृत्यु भएको छ |

जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्वर ७ कि ७४ बर्षीय सुवधरा सिंहको आगोमा जलेर मृत्यु भएको हो । आफ्नै घर आगनमा आगो तापीरहेको अवस्थामा एक्कासी शरिरमा आगो सल्कीन गई उनी गम्भिर घाईते भएकी थिईन ।

उपचारको लागी सेति अन्चल अस्पताल ल्याएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..