महिलाबीच कुटाकुट, एक महिलाको मृत्यु

death woman kantipathnewsकुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले दुई जना महिलालाई पक्राउ गरेको छ।
टीकापुर नगरपालिका–५ की ५० वर्षीया बिस्ना विष्ट र २६ वर्षीया मुगा भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको कुटाइबाट ३५ वर्षीया पुतली रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार असोज ८ गते सामान्य विवादका क्रममा स्थानीय दुई जना महिलाले रावलमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएकी रावललाई उपचारका लागि कोहलपुर लगिएको थियो । त्यसपछि उनलाई भारतको लखनउ रेफर गरिएको थियो ।

उनको उपचारकै क्रममा लखनउमा असोज २९ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले दुवै जनालाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

{facebookpopup}

Kantipath Media

यो छुट्टाउनु भो कि..