एमालेको युवा संघका केन्द्रिय सदस्य डेनी लामा उर्फ टेन्सनविरुद्ध बलात्कारको उजुरी

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य डेनी लामा उर्फ टेन्सनविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धमा एक युवतीले बलात्कारको उजुरी दर्ता गरेकी छन्। काभ्रे तेमाल गाउँपालिका–६ स्थित ठूलोपर्सेलका लामाले एक महिलालाई ‘ट्रयाप’मा पारेर बलात्कार गरेको खुलेको हो।

उजुरीकर्ताले लामाले बलात्कार गरी गरगहना, लत्ताकपडा र लाखौं रकम बोकेर फरार भएको उल्लेख गरेकी छन्। तीन वर्ष अगाडि सार्वजनिक कार्यक्रममा भेट भएकी महिलालाई लामाले बलात्कार गरेको उजुरी आएको प्रहरीले जनाएको छ। लामाले आफ्नो घरमा ‘फेमिली डिनर’ कार्यक्रम भनेर झुक्काएर कोठामा लगी बलात्कार गरेको पीडित भनिएकी युवतीको दाबी छ।

फरार लामा केही वर्ष अगाडि मात्रै हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा कैद सजाय भुक्तान गरेर बाहिर निस्केका व्यक्ति हुन ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..