माधव नेपालको निवासमा देउबा र प्रचण्ड

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका छन्। देउवाको साथमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि कोटेश्वर पुगेका छन्। उनीहरूबीच भेटवार्ता जारी छ। देउवा निकै लामाे समयपछि नेपालनिवास पुगेका हुन्। यसअघि नेता नेपाल छलफलका लागि देउवानिवास जाने गरेका थिए।

एमालेभित्रको विवाद समाधान उन्मुख रहेकाे चर्चाबीच देउवा नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन्। एमालेको नेपाल पक्ष कांग्रेससहितको विपक्षी गठबन्धनमा छ। देउबा पुगेको केहि समय पश्चात प्रचण्ड पनि नेपाल निवास पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदेशस्तरमा समेत सहकार्य गरेर जाने विपक्षी गठबन्धनले निर्णय गरेको थियो। जसअनुसार राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशमा विपक्षी गठबन्धनबाट नेपालनिकट खिमलाल देवाकोटा र लुम्बिनी प्रदेशमा कांग्रेसका दृगनारायण पाण्डे उम्मेद्‌वार बनाइएका थिए।

नेपाल पक्षका २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्चमा दायर गरेको रिटमा समेत हस्ताक्षर गरेका छन्। जुन मुद्दा अहिले सर्वाेच्च अदालतमा विचाराधीन छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..