बालुवाटारमा देउबाको पाँचौ इन्ट्री

प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटक बालुवाटार प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै आफ्नै निवास बुढानीलकण्ठमा बस्दै आएका देउवा शुक्रबार बिहान बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका हुन् ।

देउवा २०५२ भदौमा पहिलो पटक प्रधानमन्त्री भएका थिए । दोस्रो पटक २०५८ साउनमा प्रधानमन्त्री बनेका देउवाले २०५९ जेठमा बहुमत सदस्यको सहमति बेगर प्रतिनिधिसभा विघटनको सिफारिस राजासमक्ष गरेका थिए । त्यही घटनाले नेपाली कांग्रेस विभाजन भएको थियो ।

देउवा २०६१ सालमा तेस्रो पटक प्रधानमन्त्री बने । त्यसबेला चुनाव गराउन नसकेको आरोप लगाएर राजा ज्ञानेन्द्रले उनलाई पदमुक्त गरिदिए । फेरि देउवा २०७४ जेठ २३ मा चौथो पटक प्रधानमन्त्री बने । उनको नेतृत्वमा संघीय व्यवस्थाको चुनावसमेत भयो ।

पाँचौ पटक सत्तारोहण गरेका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । बहुमत पु¥याउन सके बाँकी अवधि उनी नै प्रधानमन्त्री बन्नेछन् भने विश्वास नपाए संसद पुनः विघटन हुनेछ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..