धादिङका २७ वर्षीय युवकमा र्‍यापिङ टेस्ट ‘पोजेटिभ’

धादिङको ज्वालामुखी गाउँपालिकामा भएको आरडिटी परीक्षणमा एक जना युवामा कोरोनाको लक्षण देखिएको छ।

dhading

दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका एक जनामा आरडिटी परीक्षण ‘पोजेटिभ’ देखिएको हो।  विदेशबाट आएदेखि उनलाई होम क्‍वारेन्टाइनमा राखिएको थियो।

२७ वर्षीय ती युवालाई आजै काठमाडौं पठाउने तयारी भइरहेको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुजन श्रेष्ठले जानकारी दिए।

गाउँपालिकामा भारत र तेस्रो मुलुकबाट आउने सबैको हरुलाई सबै गाउँपालिकामा र्‍यापिङ टेस्ट सुरु गरिएको छ।

मंगलबार मात्रै ज्वालामुखी गाउँपालिकामा ३५ जनाको आरडिटी परीक्षण गरिएको थियो। थाहा खबर

Kantipath Media

यो छुट्टाउनु भो कि..