annapurna add

SP Rabindra Regmi

धादिङका प्रमुख एसपी रविन्द्र रेग्मीलाई जिम्मेवारीबाट हटाइएको छ । रेग्मीको ठाउँमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरिक्षक महेन्द्र खड्कालाई काज सरुवा गरिएको छ । रेग्मीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलस थापा क्षेत्रीले बिहिबार दुई एसपीलाई परस्पर काज सरुवा गर्ने निर्णय गरेका हुन् । अबधि नपुगीकन रेग्मीलाई किन हटाइयो भन्नेबारे प्रहरी प्रधान कार्यालयले खुलाएको छैन् । कार्यसम्पादन कमजोर भएका र आर्थिक विवादमा मुछिएका इन्चार्जलाई प्रहरी प्रमुख क्षेत्रीले जिम्मेवारीबाट हटाउँदै आएका छन् । आजै फर्पिंगकै इन्स्पेक्टर अनु लामालाई पनि जिम्मेवारीबाट हटाईएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार