नेपालमा भाजपाको सरकार बनाउने त्रिपुराका मख्यमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, परराष्ट्रमन्त्री मौन !

nepali biplav dev

nepali biplav dev

भारतीय जनता पार्टी (भाजपा) का नेताको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड-माधव समूहले आपत्ति जनाएको छ । नेपाल लगायत देशमा भाजपा विस्तार गर्ने र सरकार बनाउने त्रिपुराका मख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति प्रचण्ड-माधव समूहले बक्तव्य जारी गरी गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । ‘हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्दछ’, प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी बक्तव्यमा उल्लेख छ ।

मुख्यमन्त्री देवले हालै मात्र भाजपा अध्यक्ष एवम् भारत सरकारका गृहमन्त्री अमित शाहले नेपाल लगायत देशहरुमा भाजपा बिस्तार गर्ने र सरकार बनाउने धारणा राखेको बताएका थिए । संवेदनशील विषयमा विप्लवदेवले दिएको अभिव्यक्तिले छिमेकी राष्ट्रहरुबीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्याउने भएकाले भारत सरकार र अमित शाहले स्थिति स्पष्ट पार्ने अपेक्षा प्रचण्ड–नेपाल पक्षले गरेको छ । तर सरकारका परराष्ट्रमन्त्रि भने अझै मौन छन् ।

हेर्नुहोस विज्ञप्ति :

nk 1

Kantipath Media

यो छुट्टाउनु भो कि..