पोखरीमा डुबेर धनुषा मुसहरनियाँमा ५ बालिकाको मृत्यु, २ जना बेपत्ता

धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ ।

जिल्लाको मुखियापट्टि मुसहरनीया ६ स्थित लक्ष्मीपुरमा खेतमा निर्माण गरिएको पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको हो । स्थानीय हुलास यादवले निर्माण गरेको ९ फिट गहिरो पोखरीमा नुहाउने क्रममा ५ बालिका डुबेका हुन् ।

पोखरीमा डुबेर पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मिनिया यादव, जोगिन्द्र यादवको १० वर्षीया छोरी चन्द्र कुमारी भगत, राजगिर पुर्वेको १३ वर्षीय छोरी मन्जु पुर्वे, जगरनाथ ठाकुरीको १२ वर्षीया नातिनी चाँदनी ठाकुर र उतिम सहनीको १२ वर्षीया छोरी ललिता सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बहेडा बेलाका इन्चार्ज प्रहरी सहायक निरीक्षाक लोकनारायण श्रेष्ठले पहिले एक जना डुबेको र उनलाई बचाउन जाँदा अरु डुबेको बताए ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..