अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ पदबाट हटाउन अभियान सुरु

pun club3

ट्रम्पको पद खतरामा पर्ने तीन कारण १. व्यावसायिक संलग्नता अमेरिकी संविधान र सरकारी सिद्धान्तका विज्ञले ट्रम्पले राष्ट्रपति पद सम्हाल्नु अघि नै गत नोभेम्बरमा उनलाई विश्वमा फैलिएको आफ्नो व्यावसायिक कारोबार बेच्न र सम्पत्तिलाई कुनै ट्रस्टमा जम्मा गर्न सुझाव दिएका थिए । तर ट्रम्पले उक्त सुझावलाई बेवास्ता गर्दै आएका छन् ।

२. विवादित ट्रम्प प्रशासन राष्ट्रपतिका रुपमा ट्रम्पले एक महिना पार नगर्दै उनको प्रशासनका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजीनामा दिइसकेका छन् । फ्लिनमाथि गत डिसेम्बरमा रुसी राजदूतसँग पूर्व राष्ट्रपति बाराक ओबामाद्वारा रुसमाथि लगाइएको प्रतिबन्धका बारेमा चर्चा गरेको आरोप लगाइएको थियो ।

३. विभिन्न मुलुकसँग भेदभाव ट्रम्पले आप्रवासी मुद्दामा छिमेकी मुलुकसहित विभिन्न खाडी मुलुक र केही एसियाली मुलुकलाई निशाना बनाए । उनले पहिलो महिनामै विभिन्न ७ मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका छन् । यी फैसलाले अमेरिकी सरकारको अन्तर्राष्ट्रिय हितलाई नोक्सान पुर्‍याएको आशंका गरिदैंछ । यस्तो आशंकाका आधारमा पनि उनीमाथि महाभियोग लगाउन सकिने विज्ञहरुको भनाइ छ । (एजेन्सी) 

Kantipath Media

यो छुट्टाउनु भो कि..