दोरम्बाका तामाङ्गको अक्सिजन खोज्दा खोज्दै मृत्यु

कोरोना संक्रमणको कारण रामेछापका थप एक जनाको निधन भएको छ । दोरम्बा गाउँपालिका–७ लखनपुर निवासी राजु तामाङको वीर अस्पतालमा अक्सिजन नपाएर निधन भएको हो ।

राजधानी काठमाडौंका विभिन्न अस्पतालमा अक्सिजनको लागि हारगुहार गर्दा पनि नपाएपछि तामाङलाई वीर अस्पताल पुर्याईएको थियो । ३२ बर्षिय तामाङ भक्तपुरमा गाडी चालकको काम गर्दै आएका थिए । प्रदेश अर्थमन्त्री कैलाश ढुंगेलको पहलमा रामेछापमा पिसिआर मेसिन जडानको काम पनि अघि बढेको छ ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिह मोक्तानले गाउँपालिका भित्र कोरोना संक्रमणको दर तीब्र रुपमा बढिरहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । यसअघि दोरम्बा गाउँपालिका–२ दोरम्बाका एकै घरका दुई दाजुभाईको निधन भएको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..