चीनमा कोरोनाका बिरामीको उपचार गर्ने एकजना मात्र नेपाली डाक्टर आज दिउँसो १ बजे संवाद डबलीमा

काठमाडौं । कोरोना भाइरसको उद्‍गमस्थल चीनको वुहानमा बिरामीको उपचारमा खटिएर फर्किएका डा. रमेश आचार्यसँग विशेष अन्तरसंवाद हुने भएको छ ।

ramesh korona संवाद डबलीको आयोजनामा आज (मंगलबार) दिउँसो १ बजे संवाद कार्यक्रम हुने लागेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित वुहानमा उपचारमा खटिएका आचार्य एकमात्र नेपाली डाक्टर हुन् । वुहानको थोङ्ची हस्पिटलमा चिनियाँ डाक्टरहरुसँगै २५ दिनसम्म कोरोनाका बिरामीको उचपारमा खटिएका आचार्यले अनुभवसहित चीनले गरेको उपचार विधिबारे पनि बताउने छन् ।

आचार्यले वुहानमा कसरी कोरोना भाइरस फैलिएको थियो, अहिलेको अवस्था के छ, चीनले कसरी कोरोना भाइरस नियन्त्रणमा लियो र १० दिनभित्र कसरी १ हजार बेडको अस्पताल बनाइयोलगायतका विषयमा बोल्ने संवाद डबलीले जनाएको छ ।

डा. आचार्य वुहानबाट फर्केपछि १६ दिनसम्म खरिपाटी क्वारेन्टाइनमा समेत बसेका थिए ।

साथै कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री नवराज राउतले नेपालमा कोरोनाको पछिल्लो अवस्था र तयारीबारे जानकारी पनि दिनेछन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..