थ्रिडिभिएल क्रेशनकी सामाजिक अभियन्ता भट्टद्वारा दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

धनगढी उपमाहानगरपालिका ७ मा रहेको दृष्टि फाउण्डेसन नेपाललाई थ्रिडिभिएल क्रेशनकी सामाजिक अभियन्ता यशोदा भट्टले सहयोग गर्नुभएकाे छ ।

उनले आफ्नो श्रीमानको ३४ औं जन्म जयन्तीको सम्झनामा दृष्टी फाउन्डेसलाई सहयोग गरेको कान्तिपथ डटकमलाई बताएकाे हाे ।

 भट्टले तीन बोरा चामल , तीन केजी दाल, तीन लिटर तेल लगायतका सामाग्री सहयोग गरेकी हुन् ।

पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको बेला गरिब दिनदुखीको भगवान बन्दै आएकी भट्ट आफुले सहयोग गर्न पाउदा निकै खुसी भएको बताइन् ।

उक्त जन्मजयन्तीको अवसरमा बोल्दै दृष्टि फाउण्डेसन नेपालकी सञ्चालिका कल्पना भट्ट भन्नु हुन्छ “जिवन भनेकै दु:ख, सुख,हासो,खुसीको समिशरण हो, जिन्दगीको यात्रामा थुप्रै उतारचढावहरु आउछन् त्यस्लाई चिर्दै अगाडि बढ्न सक्नु नै ठुलो माहान्ता हो” ।

 

धनगढी उपमाहानगर पालिकामा रहेको दृष्टी फाउन्डेसनले बिगत ५ बर्ष देखि बालबालिकाका र मानसिक सन्तुलन गुमाएका महिला हरुको स्याहार गर्दै आएको छ ।

यस दृष्टि फाउण्डेसन नेपालले सडकमा जिवन बिताइरहेका महिला बेसाहार बालबालिकालाई उद्वार गरेर व्यवस्थापन गर्ने गरेको सञ्चालिका भट्टले बताइन् ।

विवाहित भएर सन्तान जन्माउनेहरुलाई मात्रै हाम्रो समाजले आमाको रुपमा स्वीकार गर्छ । कानुनी परिभाषा पनि त्यस्तै छ । आफ्नै गर्भबाट शिशु जन्माउनेलाई मात्र कानुनले आमाको रुपमा चिन्छ । त्यसो त विवाह गरेर सन्तान जन्माएपछिपनि असल आमाको भुमिका निर्वाह गर्न नसकेका उदाहरणहरु पनि प्रशस्त छँदैछन् ।

तर विवाह नगरी असल आमा बनेका उदाहरण पनि हाम्रो समाजमा पाईन्छन् । धनगढीमा रहेको दृष्टि फाउण्डेसन नेपालकी सञ्चालिका कल्पना भट्टले त्यस्तै आमाको रुपमा परिचय बनाएकी छिन् ।

उनी दुई/तीन जना मात्रै होईन दर्जनौं सन्तानकी आमाको रुपमा स्थापित छिन् । धनगढीमा कल्पना भट्टले वर्षौदेखि त्यस्ता संकट र जोखिममा परेका वालवालिकाको संरक्षणमा आफ्नो जीवन समर्पण गर्दै आएकी छन् । यसरी उनी अविवाहित हुँदाहुँदै दर्जनौ सन्तानकी आमा बनेकी छिन् । सायद यही समाजसेवामा लाग्दालाग्दै उनले आफ्नो वैवाहिक जीवनतिर ध्यान दिन पाईनन् ।

धनगढीमा घर भाडामा लिई पिडित बालबालिका र महिलाहरुको संरक्षण र व्यवस्थापन गरिँदै आएको छ । उक्त कार्य अझै चन्दा र सहयोगकै भरमा चलाउनु परेको छ । राज्यले बजेटको व्यवस्था गरेको छैन । आर्थिक स्रोतको कमीका कारण व्यवस्थापनमा समस्या रहेको दृष्टि फाउण्डेसन नेपालकी सञ्चालिका कल्पना भट्टले गुनासो गरिन् ।

तस्वीर : गणेश विक/ कान्तिपथ डटकम

धनगढीमा रहेको दृष्टि फाउण्डेसन नेपालको आर्थिक र स्रोत साधनले गरिब भएपनि मनले भने धनि नै छ ।

दृष्टि फाउण्डेसनले धनगढीमा एउटा सानो घर भाडा लगेको छ भने घर भाडा तिर्नलाई समेत आर्थिकको अभावमा रहेको सञ्चालिका भट्टले कान्तिपथ डटकमलाई बताइन् ।

दृष्टि फाउण्डेसनको घरको भाडा भने अहिले धनगढी उपमहानगरपालिकाले तिर्ने गरेको छ ।

कोठा अभावका कारण कोचिएर कोठा, भान्सा घर, बरण्डामा सुत्नु पर्ने बाध्यता छ ।

२० जना राख्नु पर्नेमा ठाउँमा अहिले ५०/६० जना राख्नु परेको छ । बालबालिकालाईस छुट्टै राख्ने ब्यवस्था छ भने मानसिक रोगी आमा दिदी बहिनीलाई छुट्टै राखेको छ ।

धनगढीमा रहेको दृष्टि फाउण्डेसन नेपालमा बसोवास गर्दै आएका बालवालिकाहरू बोर्डिङ स्कुलमा पढाउदैं आएको सञ्चालिका भट्टले भनिन् ।

आफु सँग आर्थिक अभाव भएको भएपनि दृष्टि फाउण्डेसन नेपालले धनगढीको सहयोगार्थ दान पेटिका राखेर, मुठी दान संकलन गरेर आमा दिदी बहिनी बालवालिकाहरूको पालन पोषणको व्यवस्था गर्दै आएको सञ्चालिका भट्टले बताइन् । साथै दृष्टि फाउण्डेसन नेपालले ४८ जना मानिसलाई पुनः जीवन दिएर घरसमेत पुर्‍याएकाे छ ।

२०६७ चैत्र ०८ गते मध्यरातको १२ बजे सञ्चालिका भट्टको अज्ञात समूहले पार्किङ गरी राखिएको स्कुटर जलाएको थियो।

तर यो बिषयमा भने अहिले सम्म अनुसन्धाननै हुन् सकेको छैन् भने प्रहरी प्रशासनले भने कानमा तेल हालेर चुपचाप बसेकाे छ ।

तस्बीर : गणेश विक/ कान्तिपथ डटकम

डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका–६ दमडा घर भएकी भट्टको नेतृत्वमा ११ जनाले दृष्टि फाउन्डेसन सञ्चालनमा ल्याएका हुन् ।

जनही १०–१० हजार उठाएको रकमले ४ वर्षदेखि सो फाउन्डेसन धनगढीमा सञ्चालनमा आएको हो ।

फाउन्डेसन मानवता पढाउने पाठशालाको रूपमा स्थापित हुँदै गएको हो ।

महिलाको दागबत्ती महिलाबाटै

फाउन्डेसनले मानसिक सन्तुलन गुमाएका बेघर भएका असहायलाई आश्रय दिँदै आएको छ । औषधोपचारसँगै मनोपरामर्शकर्ताको सहयोगमा काउन्सिलसङ गर्दै आएको छ । फाउन्डेसनको आश्रयमै ज्यान गुमाएकाहरूको अन्त्येष्टि फाउन्डेसनले नै गर्दै आएको हो । हालसम्म १० जनालाई आफूहरूले नै दागबत्ती दिएको भट्ट बताउँछिन् ।

निश्चित आर्थिक स्रोत केही नभएको फाउन्डेसन विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट प्राप्त हुने दान र मुठी दानबाट सञ्चालन हुँदै आएको छ ।

अवसरलाई तिलाञ्जली

खुसी हुनका लागि कल्पनासँग धेरै उपाय छन् । उसै पनि उनी राजनीति शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् । राजनीति शास्त्रमा एमफिल गर्दै छिन् । कुनै बेला एनजिओ, आईएनजीओमा जागिरे थिइन् । त्यसलाई तिलाञ्जली दिई उनी मानसिक रोगीको सेवामा समर्पित भएकी हुन् ।

उनैको मानवीय कर्मको प्रतिफल स्वरूप उनलाई २०७५ साल गणतन्त्र दिवसको अवसरमा समाज सेवा रत्नबाट सम्मान प्रदान गरिएको थियो । उनी मुलुकभरमै कान्छो समाजसेवीका रूपमा समाजसेवा रत्नबाट सम्मानित महिला बनेकी छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..