Hidden
ड्रग्स लुकाएको आशंकामा भारतीको घरमा प्रहरीको छापा
चर्चित भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीले छापा मारेको छ। ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो।
एनसीबीले लागूपदार्थ सेवन गर्ने जानकारी पाएपछि भारती सिंह र हर्ष लिम्बाचियाको घरमा छापा मारेको हो। स्रोतका अनुसार एनसीबीले भारतीको घरबाट छापा मार्दा शंकास्पद पदार्थ गाँजा भेट्टाएको छ।
एनसीबीले ड्रग्स प्रकरणमा धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ। हालसालै अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनीसँग सोधपुछ गरेको थियो।
प्रकासित मिति
Loading...
Loading...
Loading...