अण्डाको मूल्य बृद्धि

हेटौंडा – नेपाल अण्डा उत्पादक संघले शनिबारबाट लागू हुनेगरी मकवानपुरमा अण्डाको मूल्य बृद्धि गरेको छ ।

eggs grows price

शुक्रबार हेटौंडामा बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले अण्डाको मूल्य समायोजन गरेको हो । विगत ९ महिनादेखि विविध कारणले नेपालमै पोल्ट्री व्यवसाय धरासायी हुँदै गइरहेकोले किसानहरुलाई राहत दिलाउन अण्डाको मूल्य समायोजन गरिएको संघका अध्यक्ष त्रिलोचन कडेँलले बताए ।

यसअघि २ सय ५५ रुपैयाँ प्रतिक्रेट विक्री भैरहेको अण्डा शनिबारबाट २ सय ८० रुपैयाँमा विक्री हुनेछ । उपभोक्ताले १२ रुपैयाँ प्रतिगोटा खरिद गर्ने अण्डा शनिबारबाट १३ रुपैयाँ पर्ने संघका केन्द्रीय अध्यक्ष कँडेलले जानकारी दिए । यस्तै मध्यम अण्डाको २ सय रुपैयाँ क्रेटमा बिक्री गर्दै आएकोमा २ सय ३० रुपैयाँ तय गरिएको छ ।

कार्यक्रममा अण्डा उत्पादक संघका केन्द्रीय समितिका पदाधिकारीहरुलगायत पोल्ट्री व्यवासायी, कुखुरा व्यवसायी संघ, अण्डा वितरक संघलगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भोलीबाट किसानले खण्डा प्रतिगोटा ९ रुपैयाँ ३३ पैसा मूल्य प्राप्त गर्नेछन् भने ब्रोइलर कुखुरा प्रतिकिलो २ सय १० रुपैयाँमा विक्री हुनेछ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..