अल फितरको दिन जेठ २२ गते सार्वजनिक विदा

काठमाडौं – सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद अल फितरको दिन जेठ २२ गते सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इद अल फित्रको दिन गृह मन्त्रालयले प्रेस बिज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

of kantipath

 

मुस्लिम आयोगको सिफारिसमा सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २२ गते इद अल फितर पर्दछ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बिदा दिने निर्णय भएको बताइएको छ ।

Public Holiday

 

Kantipath Media

यो छुट्टाउनु भो कि..