वर्षाले ट्रान्सफर्मरमा क्षति, विद्युत् अवरुद्ध

Electricity kantipathnews

हेटौंडा – शुक्रबारदेखिको भारी वर्षाका कारण नेपाल विद्युत प्राविधकरण हेटौंडा वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा एकसय भन्दा बढी बिजुलीका पोलहरु ढलेका छन् । यस्तै करिब एक दर्जन ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ । खहरे क्षेत्रमा भएका बिजुलीका पोलहरु लड्दा अरु पोललाई समेत असर गरेकोले क्षति बढी भएको प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख शम्भु कसियत यादवले जानकारी दिए ।

निरन्तर परेको वर्षाका कारण विशेषगरी ग्रामीण भेगमा बढी क्षति पुगेको छ । ग्रामीण क्षेत्रमा विजुली सहज रुपमा पुग्न अझै केहीदिन समय लाग्ने उनले बताए । यादवका अनुसार हेटौंडा बजार, औद्योगिक क्षेत्रलगायतका बजार आसपासका स्थानमा मर्मत कार्य सम्पन्न गरी सहज रुपमा बिद्युत प्रशारण भैरहेको छ । जिल्लाको पूर्वी क्षेत्र बकैया, बागमती गाउँपालिकाका क्षेत्रमा र भीमफेदी गाउँपालिकाको सबै क्षेत्रमा बिद्युत प्रशारण हुन अझै २ देखि ३ दिन लाग्ने उनले बताए ।

‘ग्रामीण क्षेत्रमा बाटो बिग्रिएकोले पनि बिजुलीको पोल पु¥याउन समस्या भएको छ’, केन्द्र प्रमुख यादवले भने, ‘यातायातका साधन पुग्ने बाटोहरु बाढीले बगाएको छ । पानी पर्न छाडेपछि केही सहज हुने विश्वासमा छौँ ।’ भारी वर्षाका कारण प्राधिकरणको २५ लाख रुपैयाँ बराबरको क्षती भएको उनले जानकारी दिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..