नेदरल्यान्ड्स युरो-२०२० को अन्तिम १६ मा प्रवेश

मेम्फिस डिपेले पेनाल्टीबाट गरेको सुरुवाती गोलको मद्दतमा नेदरल्यान्ड्सले अस्ट्रियालाई बिहीबार २–० ले हराएको छ । जितसँगै नेदरल्यान्ड्स युरो-२०२० को अन्तिम १६ को यात्रा तय गर्न सफल भएको छ ।

डेविड अल्बाले जेनजेल डुमफ्रेसमाथि गरेको फलमा प्राप्त पेनाल्टीमा डिपेले ११ औं मिनेटमा गोल गरे । युक्रेनमाथि प्राप्त जितमा प्रभावशाली प्रदर्शन गरेको डुमफ्रेसले दोस्रो हाफमा दोस्रो गोल गरे । यो उनको प्रतियोगितामा दोस्रो व्यक्तिगत गोल पनि रह्यो ।

समूहमा नेदरल्यान्ड्सको ६ अंक छ भने अस्ट्रिया र युक्रेन दुवै तीन तीन अंकमा छन् । नेदरल्यान्ड्सले यी दुवै टिमलाई हराइसकेको छ । उत्तरी मेसोडोनिया भने शून्य अंकमा अन्तिम स्थानमा छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..