युरोकप २०२०: स्कटल्याण्डसँग बराबरीमा रोकियो इंग्ल्याण्ड

युरोकप फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा इंग्ल्याण्ड गोलरहित बराबरीमा रोकिएको छ । समूह डी अन्तर्गतको खेलमा इंग्ल्याण्डलाई स्कटल्याण्डले गोलरहित बराबरीमा रोकेको हो । यो बराबरीले नकआउट चरणमा पुग्ने दुवै टिमको सम्भावना जीवित राखेको छ ।

सन् १९९६ को युरोकपपछि प्रमुख प्रतिस्पर्धामा इंग्ल्याण्ड र स्कटल्याण्डको पुरुष टोलीबिच पहिलोपटक भेट भएको हो । दुवै टिमले शुक्रबार रातिको खेलमा गोल गर्ने केही राम्रा मौका बनाए पनि सफल हुन सकेनन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..