युरो कपको सानदार सुरुवात : टर्की विरुद्ध इटालीको ३ गोल

टर्कीलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। शुक्रबार राति सुरु भएको युरो कपको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० ले पराजित गरेको हो। जितसँगै समूह ‘ए’ मा रहेको इटालीले ३ अंक जोडेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको हो।

खेलको ५३ औँ मिनेटमा आत्मघाति गोलको मद्धतमा इटालीले सुरुवाती अग्रता बनायो। ६६ औं मिनेटमा चिरो इम्मोबिलेले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे। ७९ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै इटालीलाई ३–० ले सहज रुपमा अघि बढाएका थिए। इटालीले युरो कपको इतिहासमा एकै खेलमा तीन गोल गरेको यो पहिलो पटक हो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..