एभरेष्ट ग्यासले चीनबाट ४४ सय ५० थान अक्सिजन सिलिन्डर साेमवारसम्म ल्याउने

रोसन दानी / काठमाडौं ।  चीनबाट एभरेष्ट ग्यास  ग्रुपले ४४ सय ५० थान अक्सिजन सिलिन्डर ल्याउने भएको छ ।

हाल कोरोना महामारीको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै अक्सिन ग्यासको अभावमा ज्यान गुमाउने संक्रमित बिरामीको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै एभरेष्ट ग्यासले ४४ सय ५० थान अक्सिजन सिलिन्डर सोमवार सम्म ल्याउने भएको हो ।

सञ्चारकर्मी रोसन दानी संगको टेलिफोन संवादमा बोल्दै एभरेस्ट ग्यास ग्रुप अध्यक्ष शिवप्रसाद घिमिरेले चीनबाट आम नागरिकहरूको जीवन रक्षाका लागि आवश्य सामाग्री सोमबार सम्म काठमाडौं आईपुग्ने बताए ।

हाल खाना पकाउने एलपी ग्यासको कारोबारमा संलग्न निजी कम्पनी एभरेस्ट ग्यास उद्योगले चीनबाट ४ हजार ५ सयवटा अक्सिजन ग्यासका सिलिन्डर सोमबार सम्म काठमाडौं आईपुग्ने बताएको छ ।

अध्यक्ष घिमिरेले ४४५० थान अक्सिजन सिलिन्डरमा ४० लिटरको २२५० युनिट १० लि २२ सय युनिट सिलिन्डर अक्सिजन व्याक पहिलो नेपालमा ५ हजार थान र अक्सि मिटर २ हजार पिस,अक्सिजन मास्क ५ हजार पिस ल्याईने उनको भनाई छ ।

यसैगरी, सोमबार हवाई मार्गबाट अक्सिजन ब्याग, अक्सिजन मास्क तथा अक्सिमिटर काठमाडौं आइपुग्ने सञ्चारकर्मी संग कुरा गर्दै बताए ।

सिलिन्डरले र अक्सिजन अभावमा ज्यान गुमाउन बाध्य कोरोना संक्रमित बिरामीलाई केही राहत हुने सो कम्पनीको अपेक्षा छ ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..