यसरी पक्राउ परे नक्कली परीक्षार्थी

मङ्सिर १३ गते नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षामा साथीको नाममा परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

pakrau 1

बझाङ दुर्गाथली गाउँपालिका–४ बस्ने २२ वर्षका मुकेश भण्डारीको नाममा परीक्षा दिइरहेका डोटी सायल गाउँपालिका–६ बस्ने २२ वर्षका सुमन खड्कासमेत दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका डीएसपी अमर थापाले जानकारी दिए ।

गत शुक्रबार दिउँसो १ बजेदेखि ३ः१५ बजेसम्म नेपाली सेनाको सैन्य दर्जाका लागि लिखित परीक्षा भएको थियो ।

परीक्षामा सहभागी भइरहेका थिए प्रवेशपत्र जाँच गर्ने क्रममा फोटो नमिलेपछि अर्कोको नाममा परीक्षा दिँदै गरेको खुलासा भएको डीएसपी थापाले बताए ।

दुवै जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..